STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अवैध हुण्डीको कारोवार बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । आव २०७५÷७६ मा अवैध हुण्डी कारोवार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई छ अवैध हुण्डी कारोवार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा रु १६ अर्ब ६६ करोड चार लाख ३७ हजार ६५९ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजश्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले राससलाई बताउनुभयो । मुद्दा दायर गरेका अभियुक्तसँग रु २९ लाख ९५ हजार ९३४ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ । यसैगरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरेको देखिन्छ । उनीहरुसँग रु एक अर्ब १६ करोड ६२ लाख ७८ हजार ७८२ बिगो दाबी गरिएको छ भने रु दुई अर्ब ४२ करोड ४५ लाख ९० हजार ८८२ सजाय रकम माग गरेको छ । उनीहरुसँग रु १२ करोड ९७ लाख ३४ हजार ९१९ धरौटी रकम माग गरिएकोमा रु सात करोड ३४ लाख ७१ हजार ३९२ धरौटीबापतको रकम दाखिला गरेको छ । यसैगरी सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आवमा भन्सार छली गरी राजश्व चुहावट गर्नेसँग रु ४० लाख ६२ हजार ५६४ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी रु १२ लाख ९९ हजार ७१४ असुल गर्न पत्र पठाएको छ । वीरगञ्ज नगरक्षेत्रमा हुण्डीको कारोवार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
Categorized in अपराध-दुर्घटना