STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अष्ट्रियाका एक पर्यटकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ३, आइतबार

धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । प्रहरी उपरीक्षक राजकुमार वैदवार सदरमुकामबाट हेलिकोप्टर लिएर घटनास्थलतर्फ जानु भएको छ । घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।
Categorized in अपराध-दुर्घटना