STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अष्ट्रेलिया फिफा विश्वकपमा छनोट

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार

एजेन्सी - दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ।

कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो।

सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट निस्किएको थियो। जहाँ अष्ट्रेलियाका गोलरक्षक आन्द्रे रेडमायने नायक बने। उनले पेरूका एलेक्स भालेराको पेनाल्टी बचाउँदै टोलीलाई विश्वकपमा पुर्‍याए।

यससँगै एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरी ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन्।

योसँगै विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टिमको टुंगो लागेको छ। अब इन्टर कन्टिनेन्टल प्लेअफको एक खेल हुन बाँकी छ, जसमा कोस्टारिका र न्युजील्याण्ड खेल्दैछन्। यसको नतिजासँगै विश्वकपमा खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।

Categorized in खेलकुद