असोज १ देखि विराटनगरमा २ महिना निषेध
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ३१, आइतबार
काठमाडौँ– जिल्ला प्रशसन कार्यालय विराटनगरले सोमबार (असोज १) देखि २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
आइतबार जिल्ला प्रमुख अधिकारी वीरेन्द्रकुमार यादवद्वारा जारी विज्ञप्तिमा विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूह लगायतबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने भन्दै २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
कोशी प्रदेश नामकरण विषयलाई लिएर पहिचानवादीहरुले प्रदर्शन गर्दै आएकोले त्यसलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले भोलिबाट २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । विशेषतः पहिचानवादी समूहद्वारा संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरिएपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यी हुन निषेधित क्षेत्रः
प्रदेशसभा–पूर्वमा देवकोट चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र,
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय– रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र,
मुख्यमन्त्री निवास– वरिपरि ३०० मिटर क्षेत्र
प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि– ३०० मिटर क्षेत्र,
जिल्ला प्रशासन कार्यालय मोरङपूर्व डाफेँ चोकदेखि पूर्व ।
Categorized in राष्ट्रिय

