STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा निर्वाचन प्रक्रिया स्थगित भएको छैन : आयोग

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

काठमाडौं - निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा निर्वाचन प्रक्रिया स्थगित नभएको जनाएको छ। केही स्थानमा छिटफुट घटना भए पनि पुनः मतदान कार्य सुचारु हुने प्रक्रियामा रहेको आयोगले जनाएको छ।

'अहिलेसम्म केही स्थानमा छिटफुट घटनाबाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्सादहपूर्वक रुपमा मतदान भइरहेको छ। केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम जारी छ। कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छ,' आयोगद्वारा जारी सूचनामा भनिएको छ।

Categorized in राष्ट्रिय