STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आँखा पोल्ने काठमाडौंको वायु प्रदुषण, कम भिजिबिलिटीले विमानस्थल ठप्प

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १३, शुक्रबार

काठमाडाैं - शुक्रबार बिहान सफा देखिएको काठमाडौंको वायुमण्डल मध्याह्नपछि एकाएक धुमलियो । अहिले पूरै तुवाँलो लागेकाे छ । मौसम र देशका विभिन्न ठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको वातवरण विभागले जनाएकाे छ ।

‘यो माैसममा यस्तो देखिन्छ । तर, मौसम र डढेलोको कारण प्रदूषण बढेको हुन सक्छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘केही दिनसम्म यो लम्बिन पनि सक्छ । बर्खा नलागेसम्म यो समस्या रहन्छ ।’

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई) तीन सय नकटेको उनले बताए । ‘तुवाँलो लागेको छ । तर, वायू प्रदूषण सूचकांक तीन सय कटेको छैन’, उनले भने ।

एक्यूआई ३ सय १ भन्दा माथिको संख्या देखियो भने उच्च जोखिमको संकेत हो । मौसम पूर्वानुमान महाशाखाले पनि मौसममा बदली भएको जनाएको छ । ‘हावामा प्रदूषण देखिएको छ । धेरै ठाउँमा आगलागी भएकाले समस्या भएको भनिएको छ । आँखा पाेलेको भन्ने कुरा आएको छ । के कारणले भएको हो हामी हेर्दै छौँ’, महाशाखाका एक कर्मचारीले भने ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइछ । गत पुसमा पनि यस्तै तुवाँलाे लागेकाे थियाे । एक्यूआईका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषण सूचकाङ्क न्यूनतम ३ सय ५९ र अधिकतम ४ सय ८ पुगेको थियो ।

कम भिजिबिलिटीले विमानस्थल ठप्प

काठमाडौंको वायुमण्ड तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । भिजिबिलिटी कम भएकाका कारण शुक्रबार दिउँसो २ बजेदेखि उडान ठप्प भएको हो ।

‘उडान प्रभावित भएको छ । राष्ट्रिय ८ वटा जहाज आउन पाएको छैन । अन्तर्राष्ट्रिय जहाज पनि होल्ड भएको छ’, विमानस्थलका प्रवक्ता देवचन्द्र कर्णले भने ।

काठमाडौंको वायुमण्डल तुवाँलोले डाकेर भिजिबिलिटी कम भएपछि उडान प्रभावित भएको हो ।

Categorized in उपत्यका