आइतबारबाट काठमाडौंमा मेलम्चीको पानी
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार
आइतबारबाट काठमाडौंबासीकोको धारामा मेलम्चीको पानी आउने भएको छ ।
गत मंगलबारबाट सुन्दरीजलमा पानी प्रशोधन गरिएकोमा आइतबार वितरण सुरू गरिने खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।
मेलम्चीको क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी आयोजनाको हेडवक्र्सबाट सुरुङतर्फ गत चैत २९ मा पानी पथान्तरण गरिएको थियो । मन्त्रालयले पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्ंयाकीमा पठाई सकिएकोमा अब घर घरमा पाइपमार्फत धारामा पानी पठाउने जानकारी गराएको छ ।
यसका लागि आइतबार बानेश्वर वितरण केन्द्रबाट धारामा पानी पठाउने कार्यको सुरू गरिने मन्त्रालयले जनाएको छ ।


