STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आगलागीबाट रु ४० लाखको क्षति

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २३, बिहिबार

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभएको छ । गए राति ११ बजेको समयमा आगलागी हँुदा फर्निचरमा रहेका सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । आगो कावासोती नगरपालिकाको दमकल, भरतपुर महानगरपालिकाको दमकल र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
Categorized in अपराध-दुर्घटना