आगामी वर्षको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी
Janjati Khabar – Janjati Khabar | २०८० जेठ २, मंगलबार
काठमाडौँ - सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । यसअघि जेठ ३ गते ल्याउने चर्चा भए पनि सरकारको तयारी नपुगेका कारण जेठ ५ मा ल्याउने भएको हो ।
आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भएको भेटवार्तामा सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको बताएका थिए ।
उनीहरुबीच आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीबारे र नीति तथा कार्यक्रमबारे छलफल भएको जनाइएको छ । यस्तै सांसदहरूले प्रधानमन्त्रीसँग समसामयिक विषयमा प्रश्नोत्तर गर्ने कार्यक्रम जेठ ४ गतेका लागि तय गरिएको छ ।
हरेक वर्ष सरकारले जेठ १५ गते बजेट ल्याउने गरेको छ । बजेट प्रस्तुत गर्नुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।
Categorized in राजनीति

