STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन ।” हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्छ भन्दै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझैपनि केही शक्ति सक्रिय छन् भन्नुभयो । आर्थिक अनियमिता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उहाँले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गर्नुभयो । प्रधानसेनापति थापाले भन्नुभयो, “आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भन्नसुन गराइ दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन ।” नेपाली सेना भनेको ‘चेन अफ कमाण्ड’ र पद्धतिमा चल्ने तथा अनुशासन र बलिदानमा मान्यता राख्ने सङ्गठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको सो अवसरमा जानकारी दिइयो । सेनाले प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जालले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शीता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिने भएको छ । प्रधानसेनापति थापाले आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्षण गर्नुभयो ।
Categorized in राष्ट्रिय