STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजको ओली-दाहाल छलफल निष्कर्षविहीन

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार

  काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका चार जना नेताको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए । झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्ष आ(आफ्नै अडान कायम रहेपछि कुनै निष्कर्ष निस्कन सकेन । केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेको केही समयमै २९ जना स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका थिए । बहुमत प्राप्त स्थायी कमिटी बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो । बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन । आइतबारदेखि दुई अध्यक्षबीच फेरि संवाद सुरु भएको हो । दुवैबीच गएको साउन १३ गतेदेखि संवाद हुन सकेको थिएन ।
Categorized in राजनीति