आजको नेकपा सचिवालय बैठक स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन २, शुक्रबार
काठमाडौं – आज बस्ने भनिएको नेकपा सचिवालय बैठक असाेज ४ गतेसम्मकाे लागि स्थगित गरिएको छ ।
शुक्रबार बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।
बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।
Categorized in राजनीति