STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आजदेखि दुई दिन बिदा खारेज, कार्यालय पुरानै समयमा खाेलिने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १, बुधबार

काठमाडौं - एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।

लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको छ ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

Categorized in राष्ट्रिय