आज नेकपाको सचिवालय बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २८, शुक्रबार
काठमाडौं : दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तासीन दल नेकपाको सचिवालय बैठक आज शुक्रबार बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्।
बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्माा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेललगायत नेतासँग छलफल गरे।
सचिवालयका एक सदस्यले बैठकका एजेन्डा भने तय भइनसकेको बताए। सचिवालयमै छलफल गरी त्यहीं नै एजेन्डा तय गर्ने तयारीमा दाहाल–नेपाल पक्ष देखिएको छ। दुवै पक्षबीच स्थायी समिति बैठकका निर्णय कार्यान्वयन, कर्णालीको पार्टी विवाद, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटलगायत विषयमा चर्काचर्की पर्न सक्ने देखिएको छ।
Categorized in राजनीति

