आठ दिनको लागि लकडाउन लम्बियो
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १६, आइतबार
काठमाडौं– सरकारले आठ दिनको लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा लकडाउन लम्ब्याउने निर्णय भएको हो ।
कोरोना संक्रमणको जोखिम अझै यथावत रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
यसअघि कोरोना रोकथाम र नियन्त्रणको लागि गठित उच्चस्तरीय समितिको बैठकमा अहिले जारी लकडाउनलाई १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । यसैअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आठ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।
अहिले जारी लकडाउन चैत ११ गते बिहान ६ बजेदेखि लागु हुने गरी एक साताको लागि घोषणा गरिएको थियो । यस लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजे सकिँदैछ भने अब पुनः आठ दिनको लागि लकडाउन थपिएको छ ।
Categorized in राष्ट्रिय