STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आदिबासी पत्रकाहरुलाई राहत वितरण सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

विजयरत्न असंबरे

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरले जिल्लामा रहेका जनजाति पत्रकारलाई विषम परिस्थितिमा पनि गाह्रो अप्ठ्यारो नहोस् भन्दै शनिवार राहत स्वरुप १८ जना जनजाति पत्रकारलाई खाद्यान्न (चामल, दाल, नून र तेल), मास्क र स्यानीटाइजर वितरण गरेको छ । फोनिज ललितपुरका लागि ज्याम्लीङ बुद्ध फाउण्डेसन बौद्ध, आनन्दपुरबाट खाद्यान्न र कोन्ज्योसोम गाउँपालिकाबाट मास्क र स्यानीटाइजर सहयोग प्राप्त भएको थियो । विश्वमा नै कोरोना भाइरस संक्रमण भइरहेको अवस्थामा त्यसबाट सुरक्षित रहनका लागि नेपालमा पनि करिब दुइ महिना देखि लकडाउन जारी छ । लकडाउनका कारण श्रमजिवी पत्रकारहरु धेरै ठाउँमा अप्ठ्यारोमा परेकाे कुरा दृष्टिगत गर्दै महासंघ (फोनिज)को तर्फबाट राहत स्वरुप खाद्यान्न वितरण गरिएको कुरा महासंघ सुत्रले जनाएको छ ।
Categorized in राष्ट्रिय