STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आन्तरिक विवादबीच शेखर कोइरालाको चियापान कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १३, बिहिबार

निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रकाे विवाद पनि गहिरिदै गएकाे छ । आन्तरिक विवादकाबीच नेता डा. शेखर कोइरालाले बिहीबार बिहान चियापान कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे शक्ति देखाएका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आयाेजना गरिएकाे चियापान कार्यक्रम कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी थिए ।पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी भए।

बुधबार धर्ना कार्यक्रम

आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । आफूहरूकाे मागकाे सुनुवाइ नभएसम्म दबाब मुलक कार्यक्रम जारी राख्ने र प्रधानमन्त्री निवास बालुवाटारमा समेत धर्ना दिने काेइराला पक्षले बताएका छन् ।काेेइराला पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएका कारण चुनावी गठबन्धनमा असर पर्ने देखिन्छ । 

बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका थिए । सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाहविनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो।

कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ। सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो।

Categorized in राजनीति