STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफँैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना