आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने मेयर बालेनको घोषणा
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २५, शनिबार
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित र्यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।
त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर बालेनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने स्पष्ट पारेका हुन् ।
मेयर बालेनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’
Categorized in उपत्यका

