Home
STC 810x100 adv
  • गृहपृष्ठ
  • समाचार
    • राष्ट्रिय
    • राजनीति
    • अपराध/दुर्घटना
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • शिक्षा
    • कृषि/पर्यटन
    • विज्ञान/प्रविधि
    • स्वास्थ्य/मौसम
  • उपत्यका
  • विचार
  • मनाेरञ्जन
    • सिनेमा
    • साहित्य/कला
    • व्यक्तित्व
    • रोचक
  • अन्तर्वार्ता
  • बिजनेस
  • ग्यालरी
    • फोटो
    • भिडियो
nib 2082 5
nepal invistment new 31

आयआर्जनका लागि बिरुवा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार

वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो । सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका रु ५५ हजार बराबरका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष गोमा ढकालले जानकारी दिनुभयो । सोही स्थानमा सञ्चालित इन्द्रेणी अर्गानिक तरकारी फर्मका सञ्चालकसमेत रहनुभएका ढकालका अनुसार सो क्षेत्रमा बाँझिएको जमीनलाई उत्पादनमूलक बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ । चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाले ‘सके तरकारी उत्पादन गरेर बिक्री गरौँ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूहले यसअघिदेखि नै अभियानका रुपमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएको बताउनुभयो । ‘‘बाँझिएको जमीनमा सामूहिक तरकारी एवं फलफूल खेती गरी उत्पादित वस्तु पोखराको पर्यटकीयस्थल लेकसाइडमा बिक्री गरी आयआर्जन गर्ने अभियानका दिदीबहिनी जुटेका छौँ’’, उहाँले भन्नुभयो । पामे बजारमा आयोजित बिरुवा हस्तान्तरण समारोहमा लायन्स क्लब डिस्टिक भिडिसी विशेश्वर आचार्यले रोपिएका बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट समूहले भरपुर फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाका कृषि प्राविधिक सुरोज सिलवालले समूहका कृषकलाई बिरुवा रोप्ने र गोडमेलका बारेमा जानकारी गराउनुभएको थियो । कृषक समूहका सचिव रमेश केसीका अनुसार बिरुवा रोप्नका लागि आवश्यक खाडल तयार गरिएको छ ।
Categorized in राष्ट्रिय
Home

Kathmandu, Nepal
DIR No. 1956/077-78
सञ्चालक: सुजीव वज्राचार्य
बजार व्यवस्थापक : माधव न्याैपाने
सम्पादक : राकेश महर्जन
संरक्षक: बिजयकृष्ण श्रेष्ठ / बिजयरत्न तुलाधर

फोन नं. : ९८५१०८१७५०
विज्ञापनको लागि : ९८४६५२८५०२ (माधव न्याैपाने)
ईमेल : janjatikhabar@gmail.com

Info

  • गृहपृष्ठ
  • सम्पर्क
  • हाम्रो बारे

Quick Links

  • राष्ट्रिय
  • उपत्यका
  • राजनीति
  • विचार
  • सिनेमा
  • अपराध-दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • व्यक्तित्व
  • साहित्य-कला
  • रोचक
  • कृषि-पर्यटन
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य-मौसम
  • अन्तर्वार्ता
  • बिजनेस

Janjati Khabar Latest

  • जरीमैंंया सिरपा प्रेमहिरा व कुमार साखः सिरपा रास जाेशीयात लःल्हात
  • शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीको स्मृति दिवस
  • शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीको स्मृति दिवस
  • शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीको स्मृति दिवस
  • कालिगंगामा दिपेश एसकेले निर्देशकीय क्षमता देखाउने

Copyright © 2026 Janjati Khabar. All rights reserved. Developed by Asterisk Hubs.

Follow us