STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार

कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ । सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । डा मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताउनुभयो । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौँबाट मगाइएको छ । आउनासाथ टोली परिचान गरिने उहाँले बताउनुभयो । केही दिनअघि टप्पुको चरण क्षेत्रमा ४४ चौपाया एक्कासि मरेका थिए । पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा उक्त मरेका चौपायको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको डा महतोले बताउनुभयो । सोही रिर्पोटका आधारमा उक्त क्षेत्रमा सचेतना अपनाइएको छ । रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिएको छ ।
Categorized in राष्ट्रिय