STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आरजु राणाले भेटिन् भारतीय प्रधानमन्त्री मोदी

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३, सोमबार

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन् : ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको समेत मन्त्री राणाले बताएकी छन् ।

Categorized in राजनीति