आरोहण श्रेष्ठको सपनाको घर सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २७, सोमबार
गायक तथा युवा उद्यमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको "सपनाको घर” बोलको गीतको म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम कथामा आधारित उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सो गीतको निर्देशन युवा निर्देशक नारायण प्रधानले गरेका हुन । इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको छायांकन गरिएको यस गीतका छायाँकारहरु रोशन मर्हजन र अनिष तामाङ्ग हुन् सपनाको घरमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।
Categorized in साहित्य-कला

