STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आर्या श्रेष्ठ बनिन् मिस लिटिल नेवाः नेपाल ११४१

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २९, सोमबार

नेपालकै सबैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन् । प्रतियोगितामा आर्या मुख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन सफल भइन्।

प्रतियोगिताका प्रमूख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा सोधिएको उत्कृष्ट ५ मा पुग्न सफल प्रतियोगिहरुलाई नेवाः कला, संस्कृति र संस्कार किन महत्वपूर्ण छ भन्ने प्रश्नमा संस्कृति मानव निर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वको लागि बनाइएको हो। यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभुषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन्। यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन। मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउनको लागि संस्कृति पनि महत्त्वपूर्ण छ। संस्कृतिले जेठोलाई आदर गर्न र सानोलाई माया गर्न पनि सिकाउँछ। हाम्रो चाडपर्व मनाउन र हाम्रो समुदाय तथा समाजमा हाम्रो भाषा बोल्नको लागि संस्कृति महत्त्वपूर्ण छ भन्ने सटिक जवाफ दिएर निर्णायहरुको मन जितेकी थिइन्। उनलाई प्रमूख उपाधि जितेवापत नगद २५ हजार रुपैंयाँ प्रदान गरिएको थियो।

कोभिडपछिको जनजीवन सामान्य बन्दै गएको माहौलमा उलेख्य संख्याका दर्शकका बीच सम्पन्न १३औं संस्करणको मिस लिटिल नेवाः नेपाल प्रतियोगितामा प्रतिनिधी मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए।

त्यसैगरी सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपका साथमा बेष्ट स्माइल चुनिएका थिए। फस्ट र सेकेन्ड रनर्सअपका विजेता लाई क्रमश १५ र १० हजार रुपियाँ नगद प्रदान गरिएको थियो।

नेपाल क्योकुसिन सेइसिन काइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमूख इन्द्ररत्नबज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणीश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तराष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमूख निर्णायक रहेको प्रतियोगिामा तिसा तण्डुकार बेष्ट नेपाल भाषा, प्रकृति महर्जन नेपालभाषा फस्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपालभाषा सेकेन्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनर्सअप, एभान्जलिना महर्जन वेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भएका छन्।

नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तानतरण गर्ने उद्देश्य का साथ वर्षेनी मिस लिटिल नेवाः नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्।

त्यसैगरी कार्यक्रमका प्रमूख अतिथी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताए। प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रिया तण्डुकार र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी  रहेको थियो भने शो सन्चालन रोजिन शाक्यले गरेका थिए ।

Categorized in साहित्य-कला