STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इक्वेडरमा एक पर्व मनाउने क्रममा ३३ को मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार

क्वीटो, इक्वेडरमा यहाँको एक स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तीमा पनि ३३ जनाको मृत्यु भएको समाचार छ ।

सो अवधिमा ३८३ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २९१ जना घाइते भएका पनि यातायात र सार्वजनिक कार्य मन्त्रालयले बिहीबार जनाएको छ । ती दुर्घटनाहरु यही फेब्रुअरी १० देखि १३ तारिखसम्ममा भएका हुन् । ती चार दिन यहाँका स्थानीयहरुले मनाउने विशेष पर्व पर्दछ । गत वर्षभर यसै चाडका समयमा भएका दुर्घटनाको यो २७ प्रतिशत मात्र सवारी दुर्घटना भएको मन्त्रालयको वक्तव्यमा उल्लेख छ । इक्वेडरमा अकालमा मृत्यु हुनेमध्ये सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या अत्याधिक रहेको अधिकारीहरुले जनाएका छन् । गएको हप्तादिन इक्वेडरमा रोमन क्याथोलिकहरुले मनाउने एक पर्वा थियो । सोही अवधिमा यी व्यक्ति मारिएका हुन् । –––

Categorized in राष्ट्रिय