इजरायलले ४ नेपालीको शव दूतावासलाई बुझायो, पर्सि काठमाडौं पुग्ने
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार
काठमाडौं- प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं पुग्ने भएको छ ।
आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने तेलअविवस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १:२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी गराइएको छ ।
इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्य शव पहिचानको काम भइरहेको जनाइएको छ । सम्पर्कविहीन विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय

