इड्लिब मामिलामा टर्कीलाई सघाउन अमेरिका तयार
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार
राष्ट्रपति बसार अल असाद नेतृत्वको सिरियाली सरकारले इस्लामिक लडाकूले आश्रय लिएर बसेको इड्लिबमा केही समयदेखि हवाई तथा स्थल सैन्य कारबाही जारी राखेको छ । यो प्रान्त विद्रोहीहरु रहेको सिरियाको सबैभन्दा बलियो अखडा हो ।[/caption]
सिरियाली सेनाले गरेको हवाई कारबाहीमा हालैमात्र ५० जनाभन्दा बढी टर्कीका सैनिकको मृत्यु भइसकेको छ । प्रत्युत्तरमा टर्कीले सिरियाका धेरैवटा लडाकू विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ ।
पछिल्लो भिडन्तले टर्की, सिरियाली सरकार र रसियाबीच गम्भीर मतभिन्नता उत्पन्न गराएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा पूर्व निर्धारित सीमारेखाभन्दा भित्र सिरियाली सेना प्रवेश गरे टर्कीले सिरियाली सेनाविरुद्ध नै कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
सिरियाली सरकारले भने टर्की र संयुक्तराज्य अमेरिकाले सिरियाको इडलिबमा रहेका विद्रोही लडाकूलाई सुरक्षा दिइरहेको आरोप लगाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय


