STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'इन्द्रजात्रा’ पुस्तक प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २४, आइतबार

हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग

इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई आज ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो ।

डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो संस्करण तयार पारिएको थियो ।

यसलाई ०७७ मंसिर २९ गते २६ औँ महानगर दिवसको सन्दर्भ पारेर पहिलो पटक सार्वजनिक गरिएको थियो । पुस्तकमा जात्रा सञ्चालन हुने रुटलगायतका विषयमा रजिता शाक्य उदासका नक्साहरु र जात्राका सामाजिक, सांस्कृतिक पक्षमा स्व. एकाराम सिंहले कोर्नुभएका चित्र राखिएका छन् ।

पुस्तक वितरण गर्दै महानगरका मेयर शाक्यले इन्द्रजात्राको व्यापकताका विषयमा कुरा गर्दै, राष्ट्रिय पर्वका रुपमा मनाइने जात्रालाई नेवार समुदायले सञ्चालन गरेको उल्लेख गर्नुभयो । जात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले प्रयास गरिरहेको छ । मेयर शाक्यले ०७६ सालमा महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुख र प्रतिनिधिलाई बोलाएर जात्राको अवलोकन गराएको थियो । त्यहाँ उहाँहरुले जात्राका प्रत्यक्ष क्रियाकलापमा आफूलाई सहभागी गराउनुभयो । त्यहाँका चालचलन श्पर्श गर्नुभो । महसुस गर्नु भो । अनेकथरी गतिविधि आफ्नै सुरमा एकतमासले चलिरहेको देख्नुभो । सामाजिक सद्भावका दृष्टिले यो उहाँहरुका लागि उदाहरण बन्यो ।

जात्राको गरिमा उहाँहरुले आफ्नो परिवेशमा सुनाएका खवर आफूले प्राप्त गरिरहेको बताउँदै उहाँले, महामारीको अवस्था हेरेर अनुकुल भए यस बर्ष पनि भगिनी सहरका प्रमुख र प्रतिनिधिहरुलाई बोलाउने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा मेयर शाक्यले, काठमाडौँका सबै वडाका जात्रा र पर्व सञ्चालन गर्न महानगरले आफ्नो दायित्वमा पर्ने काम गरेको उल्लेख गर्दै, मूर्त अमूर्त सम्पदा जोगाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित बनाउने योजना कार्यान्वयनमा गुठीयारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस क्रममा पुस्तकका लेखक तथा प्रदेश सभा सदस्य डा. अजय क्रान्ति शाक्यले, इन्द्रजात्रासँग सम्बन्धि व्यक्ति तथा सरोकारवालाहरुको भनाइलाई पहिलो तथ्य र शिलालेख, आलेख, ग्रन्थ तथा प्रकाशनहरुलाई दोस्रो तथ्यका रुपमा लिएर अनुसन्धानका प्रक्रियाबाट पुस्तक तयार पारिएको उल्लेख गर्नुभयो । हामीले इन्द्रजात्रालाई ३ सय बर्ष अघिको मान्दै आएका छौँ । तर, अनुसन्धानले यो पर्व वैदिक कालदेखि चल्दै आएको देखाउँछ । सिन्धुघाँटीको सभ्यतासँग यसका चालचलन मिल्दाजुल्दा छन् । डा. शाक्यले यसलाई काठमाडौँमा मनाइने भएकोले काठमाडौँसँग जोडेर बुझ्ने गरिन्छ । तर यो काठमाडौँभन्दा धेरै इन्द्रसँग सम्बन्धित पर्व हो । शुरुवात्देखि अहिलेसम्म इन्द्रध्वज उत्थानलाई मुल क्रियाकलाप मानेर विभिन्न सांस्कृतिक र सामाजिक पक्ष थपिँदै गएका हुन् भनि भन्नु भयो । उहाँकाअनुसार कुमारीको रथ तान्ने, विभिन्न तान्त्रिक नाचहरु देखाउने चलन करीव ३ सय बर्षदेखि चलेका हुन् भने जात्रालाई त्यस अघि नै मनाउने गरिन्थ्यो ।

महानगरले सांस्कृतिक चालचलन र सम्पदा बचाउन गरेका प्रयासका बारेमा चर्चा गर्दै उहाँले अनुसन्धानमा आधारित पुस्तक प्रकाशन गरेर सम्पदाको तथ्यगत अभिलेखीकरणको प्रशंशा गर्नुभयो ।

Categorized in उपत्यका