STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १८, मंगलबार

काठमाडौं - इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ । 

यसअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौं –सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ । 

त्यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं –पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ । 

Categorized in बिजनेस