इरानमा विमान दुर्घटनामा परेका सबैको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २३, बुधबार
प्रारम्भिक विवरणअनुसार उक्त विमान युक्रेनको राजधानी किभतर्फको यात्रामा रहेको थियो । विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ ।
“विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मी त्यसतर्फ पठाएका छौँ, “हामीले केही यात्रुहरूलाई बचाउने प्रयास गरेका थियौँ”, इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनसँग बताउनु भएको छ ।
इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्वन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय


