STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इलाम उवासंघमा चिपालू विजयी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ । 
उहाँले ६३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गर्नुभयो । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर रहनुभएको थियो । 
यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा श्रेष्ठ मदन र महिला उपाध्यक्षमा अनुजा गजुरेल सुवेदी विजयी भएका छन् । त्यस्तै महासचिवमा हेमन्त गौतम अत्री, सचिवमा श्रीबहादुर र कोषाध्यक्षमा सन्तोष भक्तराज लवट विजयी भएको निर्वाचन अधिकृत तीर्थ खतिवडाले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय