ईःले ताेडे २३ दिनपछि अनशन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार
काठमाडाैं – कोरोना नियन्त्रणमा प्रभावकारी हुनुपर्ने माग राखी सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन् ।
स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच आइतबार बिहान ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षरपछि उनले अनशन ताेडेका हुन् ।
कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए । तर सरकारले सम्झाैता कार्यान्वयनमा हेलचेक्र्याइँ गरेपछि ईः पुनः अनशनमा बसेका थिए ।
स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिए । दोस्रो पटक सत्याग्रहमा बसेका हुन् ।
Categorized in राजनीति