ईलाममा बाल चलचित्र निर्माण कार्यशाला आरम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ६, मंगलबार
चलचित्र विकास बोर्डको आयोजनामा 'देशको लागि सिनेमा' अभियान अन्तर्गत "बाल चलचित्र महोत्सव, ईलाम " अारम्भ भएको छ। जेठ ५ गते सोमबारदेखि १० गते शनिबारसम्म चल्ने यस विशेष महोत्सवमा बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकतालाई एकसाथ जोड्ने विविध कार्यक्रमहरू आयोजना गरिने छन्।
महोत्सव अन्तर्गत सञ्चालन हुने प्रमुख कार्यक्रमहरूमा:
* बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला
* घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान
* बाल चलचित्र प्रदर्शनी
* सेलिब्रेटीसँग बालबालिका विशेष सत्र
कार्यक्रम ईलाम बजारसहित इलामका प्रमुख १० पर्यटकीय स्थलहरूमा सञ्चालन हुने यो महोत्सवलाई इलाम नगरपालिकाले विशेष सहयोग प्रदान गरेको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ।
यस महोत्सवले बालबालिकाको सिर्जनशील विकासमा टेवा पुर्याउनुका साथै इलामको प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिलाई सिनेमा मार्फत उजागर गर्ने अपेक्षा गरिएको छ।
यस महोत्सवसँगै चलचित्र विकास बोर्डको सहकार्यमा तथा चलचित्र पत्रकार संघको आयोजनामा ईलाममा "सिनेमा–पर्यटन महोत्सव" पनि आयोजना हुँदैछ। उक्त महोत्सवमा सिनेमा–पर्यटन कार्यशाला, मिडिया मन्थन, सिनेमा संवाद, र अन्तरक्रिया कार्यक्रमहरू हुने छन्, जसले सिनेमा र पर्यटन क्षेत्रलाई एकआपसमा नजिक ल्याउने विश्वास लिइएको छ।
Categorized in सिनेमा

