STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्तरी फिलिपिन्समा ५।८ म्याग्नीच्युडको भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५।८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयांै शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ । यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएस ले यो भूकम्प ५।५ म्याग्नीच्युडको मात्र भएको जानकारी दिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय