STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाकाे निषेधाज्ञा खुकुलाे : किरानापसल बिहान खाेल्न पाइने, ढुवानीका साधन राति चलाउन पाइने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १८, मंगलबार

सरकारले काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निष्कर्ष निकालेको हो ।

खुकुलाे पारिएको निषेधाज्ञामा अब खाद्य तथा किराना पसल, तरकारी पसल, डिपार्टमेन्ट स्टोरको खाद्य शाखामात्र  बिहान ९ बजेसम्म खोल्न पाइन्छ । यसैगरी सार्वजनिक निर्माणका ढुवानी सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन पाइन्छ ।

भन्सारबाट एक्जिट नोट जारी भएका मालवाहक सवारी साधन र छुटाउन जाने एजेन्ट कर्मचारीलाई भन्सार प्रमुखले सिफारिस गरेका कर्मचारीलाई जान दिइन्छ ।

यसैगरी विकास बैंक र वाणिज्य बैंकहरुलाई सीमित कर्मचारीका लागि सवारी साधन चलाएर सञ्चालन गर्न दिइने निर्णय भएको छ।

बुधबार बिहान फेरि तीन जिल्ला प्रमुखको बैठक बसेर निर्णय गरिने छ । यो नियम २१  जेठदेखि लागू हुनेछ ।

उपत्यकामा कोरोना महामारीको चेन ब्रेक गर्न गत १६ वैशाखदेखि जारी भएको निषेधाज्ञा २० जेठमा सकिँदैछ ।

Categorized in उपत्यका