उपत्यकाका ३८८ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार
काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् ।
यसैगरी ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजाे मंगलबारमात्र उपत्यकामा ४८१ जनामा संक्रमण देखिएकाे थियाे ।
Categorized in उपत्यका