उपत्यकाका ६४७ सहित देशभर १३ सय ५६ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ६, मंगलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ६६ हजार ६३२ पुग्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोनाले २४ घण्टामा २ जनाको मृत्यु भएको छ । काठमाडौंका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।
अहिले देशभरि १८ हजार १४२ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना रहेका छन् भने होम आइसोलेसनमा ८९४९ जना छन् । यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो ७२ प्रतिशत हो । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
Categorized in राष्ट्रिय