STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका ६ सहित थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १७, शनिबार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। काठमाडाैंमा ५ र भक्तपुरमा १ जनागरी उपत्यकामा ६ जनामा संक्रमण देखिएकाे छ । सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । सिराहाका ५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३८ रहेको छ। शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ४९२ पुगेको छ। डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए। अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।
Categorized in राष्ट्रिय