STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका ७२४ सहित १२ सय ७ जना नयाँ संक्रमित थपिए

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १०, शनिबार

काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप  ७२४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा थप ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बितेको २४ घण्टामा नेपालमा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। त्यसैगरी २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो। पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ। मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।
Categorized in राष्ट्रिय