STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

Janjati Khabar – रासस | २०७८ भाद्र ९, बुधबार

काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ। विगत ११ दिनदेखि फोहोर संकलन रोकिएपनि यो समस्या तत्काल समाधान नहुने भएको हो ।

बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको  निर्माण नसकिएकाले अझै एक सातासम्म  फोहोर व्यवस्थापन नहुने भएको छ ।

यसअघि उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्ने गरेको र सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले कठिनाई भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए।

साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएकाले सिसडोलमा रहेको फोहोरको ढिस्कोलाई पार गरेर बञ्चरेडाँडासम्म गाडी जान सक्ने अवस्था छैन।

‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माण गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने।

साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई एक साता घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।

Categorized in उपत्यका