STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा थपिए १००७ संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ८, सोमबार

काठमाडौं उपत्यका पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५४ जना महिला र ५५३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८ हजार ६६७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १ हजार ४९८ र भक्तपुरमा ६२८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, देशभर पछिल्लो २४ घन्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

 योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।

आज मात्र ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने १८ हजार ८ सय ८४ पुगेको छ ।

Categorized in राष्ट्रिय