STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

काठमाडौं : काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। डा. गौतमका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५ महिला र ७ पुरुष, ललितपुरका १ महिला र भक्तपुरका १ महिला गरी कुल १४ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार मात्रै उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३१६ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३४१ र आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा १० हजार ३४१ जना रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १९४ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
Categorized in राष्ट्रिय