STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा थप ३२६ सहित ९७९ जनामा कोरोना पुष्टि, मृत्यु हुने ३०० पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ सहित ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। याेसँगै संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो। काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए। थप ११ को मृत्यु यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३०० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। आइतबार मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो। नेपालमा अहिले १६ हजार २५९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार ७९ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १९० छन्। क्वारेन्टाइनमा ४ हजार ७३९ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २१८ नमूनाको पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ छ। यो ६५ प्रतिशत हो। यस्तै मन्त्रालयका अनुसार १७१ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २० भेन्टिलेटरमा छन्।
Categorized in राष्ट्रिय