STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा थप ४२ सहित ११८ जनामा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २६, शुक्रबार

काठमाडौं : काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जना रहेको मन्त्रालयले पुष्टि गरेको हो। बिहीबार काठमाडौंमा ५ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेक संख्या भने ३५ पुगेको छ।
Categorized in राष्ट्रिय