उपत्यकामा १०६ जनासहित थप ४६४ जनामा संक्रमण • मृत्यु हुनेकाे संख्या ७० पुग्याे
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार
काठमाडाैं – लकडाउन खुलेसँगै काेराेना संक्रमणकाे दर पनि बढ्दाे छ । पछिल्लाे २४ घन्टामा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् ।
यस्तै, आज ४ सय २५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।
Categorized in राष्ट्रिय