STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा १६६ सहित देशभर ८१८ नयाँ संक्रमित थपिए, थप ३ को मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार

काठमाडौं –  उपत्यकामा १६६ सहित आइतबार देशभर कोरोनाका ८ सय १८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। गौतमले जनाएअनुसार काठमाडौंमा सबैभन्दा बढी १२६ जना संक्रमित थपिएको छ । भक्तपुरमा २८ र ललितपुरमा १२ जना गरी उपत्यकामा १६६ जना नयाँ संक्रमित थपिएको हो । त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
Categorized in राष्ट्रिय