STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा २२८३ सहित देशभर ४०४७ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २६, सोमबार

काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना सहित देशभर ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

काठमाडौंमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ। सोमबार मात्र थप मृतक ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।

देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएको थियो ।

 

Categorized in राष्ट्रिय