STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा ८४३ सहित १९५४ जना थपिए कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १२, बुधबार

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकाका ८४३ जनासहित १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

काठमाडौंका ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी ८४३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

यसैगरी नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

अहिलेसम्म नेपालमा ३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ। 

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

Categorized in राष्ट्रिय