STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका छिर्न अब नगरपालिकाको अनुमति अनिवार्य चाहिने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

काठमाडौं – सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो । गृहको निर्णयअनुसार अब नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्नेछ । त्यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि मन्त्रालयले निर्णय गरेको छ ।
Categorized in उपत्यका