STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपनिर्वाचन २०७६ नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ९, सोमबार

कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् । पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव लक्षित कार्यक्रमअन्तर्गत महिला ¥याली, युवा मार्चपास, अन्तरक्रिया, घरदैलो, तथा कोणसभा आयोजना गर्दै आएका छन् । नेकपाका उम्मेदवार विद्या भट्टराईलाई विजयी तुल्याउन ११ वटै वडामा खटाइएको चुनावी कमाण्डरसहित केन्द्रीय, प्रदेश, स्थानीयस्तरका नेता तथा कार्यकर्ता परिचालित भइरहेको पार्टी जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण थापाले जानकारी दिनुभयो । जनतासँग पार्टी र सरकारले गरेका भौतिक विकाससँगै समृद्धिको अभियानलाई चुनाव लक्षित कार्यक्रमको माध्यमबाट जनताको घरदैलोमा सन्देश पुगेको बताउँदै उहाँले अबका कार्यक्रम मत संरक्षण र मतदाता शिक्षामा केन्द्रित हुने स्पष्ट पार्नुभयो । पोखरा–१६ मा आज उम्मेदवारसहितको घरदैलो कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक तथा महिला, युवालगायत मतदाताले भट्टराई अधिकारीलाई चुनाव जितेर मुलुकको उच्च पदमा पुग्ने विश्वासका साथ आशिर्वाद दिएका थिए । नेकपा कस्की नं २ की उम्मेदवार भट्टराईले घरदैलोपश्चात् आयोजित कोषणसभामा विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आक्षेप नलगाउने बताउँदै उहाँले अर्मला भन्ने ठाउँमा प्रतिपक्षी दल नेपाली काँग्रेसले पैmलाएका भ्रममा जनताले विश्वास नगर्ने बताउनुभयो । नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानका अभियानकर्मी स्व रवीन्द्र अधिकारीले शुरु गरेका अधुरा सपना पूरा गर्ने जिम्मेवारीसहित पार्टीले आफूलाई उम्मेदवार बनाएको स्पष्ट पार्दै उहाँले पोखराको समग्र विकासका लागि सारथी बन्ने प्रतिबद्धासमेत व्यक्त गर्नुभयो । “विश्वासले संसार जितिन्छ”, उहाँले भन्नुभयो, “जोसुकैले जस्तोसुकै अफवाह फैलाए पनि जनता जनार्दन हुन्, आफैँ सत्य छुट्याउन सक्षम छन् ।” कोणसभामा नेकपा नेता मीना गुरुङ, विनय थापा, तेजबहादुर गुरुङ, गोमा गौतम, मातृशिशु अस्पतालका उषा बरुवाल, लक्ष्मीनारायण आमा समूहका अध्यक्ष सपना जिसीलगायतले नेकपा विकासको संवाहक भएको बताउनुभयो । पोखरा महानगरपालिकाको उत्तरी र दक्षिण भेगलाई जोडेको वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडालाई समेटेको निर्वाचन क्षेत्रमा कूल ७१ हजार ८७१ मतदाता रहेका छन् ।
Categorized in राष्ट्रिय